चंखेली गाँउपालिका कुन ठाँउमा पर्छ ?
हुम्ला जिल्लाकाे पुर्वी भागमा मुगु जिल्लासँग सिमाना जाेडिएर रहेकाे छ ।
चंखेली गाउँपालिकाको कूल जनसंख्या कति होला ?
चंखेली गाउँपालिकाको कुल जनसंख्या ६१५८ रहेकाे छ
गाउँपालिका बाट प्राप्त हुने प्राकृतिक प्रकोप सहायता कसरि प्राप्त गर्ने ?
प्रहरी सर्जिमिन मुचुल्का, सम्बन्धित वडाको सिफारिश सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानीय तहले तोकिएको सहायता उपलब्ध गराउने छ I
गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा लिने प्रक्रिया के हो ?
१) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने I
गाउँपालिका बाट प्राप्त हुने सेवा सुबिधा के के हुन् ?
गाउँपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ I